spot_img
spot_img
spot_img

देवदहमा तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगिता–२०८० शुरु

spot_img

रुपन्देही ।

रुपन्देहीको देवदहमा तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगिता–२०८० शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिनु भयो । प्रतियोगिताका विजेताले नगद ५१ हजार नगद, उपविजेताले नगद ३१ हजार नगद, ट्रफी प्राप्त गर्ने संयोजक पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खरेलले हरेक खेललाई प्रवद्र्धन गर्नको लागि आगामी दिन खेल महोत्सवको रुपमा अगाडि बढाउने गरी योजना बढाउने बताउनु भयो । उहाले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको बताउदै हरेक मानिस खेल खेल्न आवश्यक रहेकोमा जोड दिनुभयो । नगर प्रमुख खरेलले नगरको विकासमा खेलकुदको माध्यमबाट युवाहरुलाई जोड्ने गरी नगरपालिका लागिरहेको बताउनु भयो । उहाले देवदह नगरपालिकाले खेलाडी उत्पादन संगै संरक्षणलाई पनि ध्यान दिने बताउनु भयो । उहाले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सकिनेमा जोड दिदै उत्पादीत खेलाडीको उचित संरक्षण गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

उहाले खेलकुदबाट जिविकोपार्जन गर्ने बताउदै खेलाडीहरु अनुशासित र मर्यादीत हुनु पर्नेमा जोड दिनु भयो । नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगर शिक्षा अधिकारी टिकाराम शर्माको स्वागत र शिक्षा अधिकृत पर्शुराम ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको पुर्व सन्ध्यामा देवदह क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र नगर खेलकुद विकास समिति वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको थियो ।

मैत्रीपूर्ण खेलमा नगर खेलकुद विकास समितिलाई सून्यका विरुद्ध ३ गोल गर्दै सञ्चारकर्मी विजयी भएको छ । प्रतियोगिताको पहिलोका खेल देवदह–९ र देवदह–१२ वीच भएको खेलमा वडा नम्वर १२ विजयी भएको छ । निकै प्रतिस्पधात्मक रहेको खेलमा दुवै टिमले १÷१ गोल गरेक थिए । निर्धारित समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेरमा ५ का विरुद्ध ६ गोल गर्दै वडा नम्वर १२ दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा देवदह–१२, का जर्सी नम्वर ११ का खेलाडी सन्दिप शुस्लिङ्गले एक गोल गरेका थिए भने वडा नम्वर ९ का जर्सी नम्वर २१ क खेलाडी एलिस बोहोराले एक गोल गरेक थिए । यसैगरी दोश्रो खेलमा देवदह–१० विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा २÷२ गोल भएपछि ट्राईवेकरको आधारमा देवदह–१० विजयी भएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img