रुपन्देही । रुपन्देहीको सुद्धोधनमा जारी प्रथम सुद्धोधन अन्तर पालिकास्तरीय कर्मचारी क्रिकेट कप-२०८० मा दोस्रो दिनको खेलमा देवदह नगरपालिकाको टिमले विजयी सुरुवात गरेको छ। सनिबार भएको दोस्रो खेलमा देवदह नगरपालिकाको टिमले सैनामैना नगरपालिकाको टिमलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर ब्याटिङको रोजेको सैनामैना टिमले निर्धारित १४ ओभर खेल्दै ५ विकेटको क्षतिमा १०२ रनको लक्ष्य दिएको थियो।
१२० रनको लक्ष्य पाएको देवदह नगरपालिकाको टिमले ९.३ ओभरमा २ विकेट गुमाउदै उक्त लक्ष्य पुरा गरेको थियो। टिमका लागि फडेन्द्र वगाले ३१ रन, रितिक थापाले
२२ र रोशन चौधरीले २९ रन जोडेको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??