एजेन्सी ।
भारत र इंग्ल्याण्डबिचको राँचीमा जारी चौथो टेस्ट म्याचको दोस्रो दिन भारतीय टोलीले आफ्नो पहिलो इनिङ्समा सात विकेट गुमाएर २१९ रन बनाएको छ । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जो रुटको शतकको मद्दतले ३५३ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि पहिलो दिनको खेलमा जो रुटले शतक बनाएका थिए ।
पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले सात विकेट गुमाएर ३०२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो १५ ओभरमा इंग्ल्याण्डले बाँकी तीन विकेट गुमाएको थियो । जो रुटले १२२ रन बनाएर अविजित रहे ।
त्यसपछि भारतको इनिङ्सको सुरुवात राम्रो भएन । तेस्रो ओभरमा कप्तान रोहित शर्मा मात्र दुई रन बनाएर आउट भए । यशस्वी जैस्वाल र शुभमन गिलले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे पनि गिल ३८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि भारतको विकेट नियमित रूपमा खस्न थाल्यो ।