spot_img
spot_img
spot_img

देवदहमा बौद्ध दर्शनको बारेमा प्रवचन तथा बुद्द पुजा कार्यक्रम

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा बौद्ध दर्शनको बारेमा प्रवचन तथा बुद्द पुजा कार्यक्रम सम्पन्न भएको छ । धर्मोदय सभा देवदह शाखाको अयोजना, लुम्बिनी बौद्ध विश्व विद्यालयको सहयोग तथा पृथ्वी उमा ज्ञान केन्द्रको समन्वयमा माघ शुक्ल पूर्णिमाको अवसर पारेर बुद्द पुजा तथा बौद्ध दर्शनको बारेमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो।

यस अघि देवदह ८ मा अवस्थित बौद्द बिहार, भंवानिपुर मन्दिरमा आयोजना गरिएको कार्यक्रम प्रत्येक पूर्णिमामा देवदहमा रहेका बौद बिहार तथा गुम्बाहरुमा गर्ने कार्यक्रम अनुरुप शनिबार माघ शुक्ल पूर्णिमाको अवसर पारेर धर्मोदय सभा देवदह ७ शितलनगरमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि इतिहासविद विमल बहादुर शाक्यले देवदह क्षेत्र एतिहासिक र बुद्द सङ्ग सम्बन्धित भएकोले संरक्षण प्रबर्द्धन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराईले देवदह सहित बुद्द सङ्ग प्रत्येक्ष जोडिएको तिलौराकोट, रामग्राम लगायतका क्षेत्रको उत्खनन कार्यलाई निरन्तरता दिने बताउनुभयो ।स्थानीय पाठ्यक्रममा बौद्ध शिक्षा र देवदह भन्ने पुस्तकको अवधारणा ल्याई देवदह नगरपालिका विद्यालयमा संचालनमा ल्याइएको उहाँको भनाई रहेको थियो।

विश्व विद्यालयका डिन उकेशराज भूजूले विश्व विद्यालयमा हाल स्नातक र स्नातकोत्तर कार्यक्रम संचालनमा रहेको बताउनुभयो। विद्यालयले हाल स्थानीय समुदाय सङ्ग सहकार्य गरेर समुदायलाई आयमूलक कार्यमा जोडेर काम गरेको बताउनुभयो ।

पृथ्वी उमा ज्ञान केन्द्रका अध्यक्ष गोबिन्द बहादुर खत्री पृथ्वीले बुद्द सङ्ग सम्बन्धित सम्पदाको पहिचान र जगेर्ना गर्नका लागि यस कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो। कार्यक्रम धर्मोदय सभा देवदहका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता र डम्मर बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img