काठमाण्डौ ।
सरकारले आजबाट चैत ७ गतेसम्म ७५ जिल्लामा दादुरा र रुबेलाका खोप अभियान सञ्चालन गरिएको छ । खोप अभियान जाजरकोट र पश्चिम रुकुम बाहेक देशभरका ७५ जिल्लामा सञ्चालन गरिएको हो ।
खोप लगाउनका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । ५१ जिल्लाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियानमा सहभागी हुने अनुमान गरिएको छ ।
खोप अभियानमा ३३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन हुनेछन् । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदैछ ।