spot_img
spot_img
spot_img

रुस र युक्रेनबीचको युद्ध तेश्रो वर्षमा प्रवेश

spot_img

एजेन्सी ।

रुस र युक्रेनबीचको युद्ध ३ वर्षमा प्रवेश गर्दा झन्डै ५० हजार सर्वसाधारण मारिएको युक्रेनले जनाएको छ । युक्रेनले सार्वजनिक गरेको तथ्यांक अनुसार झन्डै ५० हजार सर्वसाधारण मारिएको हो । तथ्यांकमा रुस र युक्रेन सैनिकको मृत्यु र घाइतेको संख्या समावेश गरिएको छैन ।

रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेपछि पटक पटक सार्वजनिक गरिएको तथ्यांकमा ७० हजार युक्रेनी सैनिकको ज्यान गएको र एक लाखको हाराहारीमा घाइते भएको उल्लेख गरिएको थियो ।

यस्तै गएको डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा तीन लाख १५ हजार रुसी सैनिक मारिएको उल्लेख गरेको थियो ।

युद्धकै क्रममा रुसले युक्रेनको झन्डै १८ प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेकोे छ । जसमध्ये क्राइमिया प्रायद्वीपलाई रुसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो भने डोनेट्स्क र लुहान्स्कलाई पनि कब्जा गरिसकेको छ । युद्ध तेस्रो वर्षमा प्रवेश गरिसक्दा पनि लडाइँ सकिने कुनै लक्षण देखिएको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img