काठमाडौं ।
साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा भारी अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से बिहीबार २८ दशमलव ६८ अंकले घट्दै १९७२ मा झरेको छ । बिहीबार ३०९ वटा कम्पनीको ७४ लाख ४६ हजार कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बोटलर्स नेपाल लिमिटेडको शेयरमा भने बिहीबार पनि सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा सूचिकृत १३ वटा उपसमूह मध्ये बिहीबार सबै उपसमूह घटेका छन् । यस्तै वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??