spot_img
spot_img
spot_img

कोहली : टी–२० मा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय बने

spot_img

एजेन्सी ।

रोयल च्यालेन्जर्स बैंग्लुरुका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यससँगै कोहली क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिकजस्ता खेलाडीको क्लबमा सामेल भएका छन् । क्रिस गेलले टी–२० मा सर्वाधिक १४हजार ५६२ रन बनाएका छन् । जहाँ पाकिस्तानका शोएब मलिक १३ हजार ३६० रनको साथ दोस्रो स्थानमा छन् ।

वेस्ट इन्डिजका खेलाडी किरोन पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् । डेभिड वार्नरले १२ हजार ६५ रन बनाएका छन् । ब्रेक लिएपछि विराट कोहली आईपीएलमा फर्किएका छन् । आईपीएलअघि उनले इङ्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिज खेलेका थिएनन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img