काठमाण्डौ ।
आज विश्व क्षयरोग दिवस । नेपालमा पनि विविध सचेतना मुलक कार्यक्रम गरि मनाईएको छ । आज ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाईएको हो । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ ।
अहिले नेपालमा नियमित औषधि खानेमध्ये ९५ प्रतिशतभन्दा धेरैमा क्षयरोग पूर्ण रुपमा निको हुने गरेको छ । क्षयरोगको जाँच र औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सामान्य भाषामा टीबी भनिने यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बमले बताउनुभयो । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई यो रोग सर्न सक्छ ।
उपचार गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने भएकोले उपचार प्रक्रियामा जान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । कुनै पनि दिन नछुटाइकन ६ देखि ८ महिना औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुन सक्ने चिकित्सकले बताएका छन ।