spot_img
spot_img
spot_img

सुपर ओभरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

spot_img

रुपन्देही ।

रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिता २०८० मा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी भएको छ । आईतबार भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमीलाई सुपर ओभरमा हराउँदै विजयी भएको हो ।

एक्साट्रेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मदन भण्डारीले २५ ओभरमा ५ विकेट गुमाउदै १२८ रनको बनाएको थियो । मदन भण्डारीका लागि कप्तान संकेत भट्टराईले ६१ बलमा ४२ रन तथा विजय प्रजापतीले २२ बलमा २९ रन र विशाल भुसालले १८ रन बनाएका थिए । बलिङ तर्फ बिएमडब्लु वेस्टर्नका उत्तम जयसवालले २, शिव कुँवर र सुझाव थापाले १/१ विकेट लिए ।

१२९ रनको लक्ष्य लिएर मैदान आएको वेष्ट्रनले निर्धारित २५ ओभरको खेलमा २ बल बाकी रहदा अल आउट हुदै १२८ रन बनायो । वेष्ट्रनका रौनक श्रीवास्तवले ५५ बलमा ४१, रिसब बेल्बासेले २२ बलमा २४ रन र सुझाव थापाको १४ रन बनाएका थिए । मदन भण्डारीका अर्जुन करुसले ५ ओभरमा २४ रन खर्चेर २ तथा सन्दिप ढकालले ५ ओभरमा २२ रन खर्चेर समान २ बिकेट लिए। खेल ड्र भएपछि सुपर ओभरमा परिणत भएको थियो ।

सुपरओभरमा बिएमडब्लु वेस्टर्न पहिला ब्याटिङ गर्दै १ ओभरमा ५ रन मात्र जोड्न सफल भयो । मदन भण्डारीले २ बलमै उक्त रन पुरा गर्दै विजयी भएको हो । उक्त खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संकेत भट्टराई प्लेयर अफ द म्याच भए ।

प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img