काठमाण्डौ ।
नेपालले पहिलो टी–२० क्रिकेटमा आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्ड ए लाई ६ विकेटले पराजित गरेको हो । आयरल्यान्डले् दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ दशमलब १ ओभरमा ४ विकेटको क्षतिमा पुरा ग¥यो।
यसअघि आयरल्यान्ड वुल्भ्स १ सय २१ रनमा अलआउट भएको थियो । मंगलबार आयरल्यान्डसँग दोस्रो टी–२० खेलेपछि नेपाली टिम भारत जानेछ । कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी–२० र तीन एकदिवसीय खेल हुनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??