अछाम ।
अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका– ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।
आज बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि बयलपाटा अस्पताल लगिएको जनाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??