काठमाण्डौ ।
इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी घोषणा गरेको छ । आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी घोषणा गरेको हो।
शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको छ । पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गर्नुभयो । उहाँले परिवर्तनको घण्टी बजिसकेको बताउनुभयो ।