spot_img
spot_img
spot_img

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको अनुगमन सुरु

spot_img

काठमाण्डौ ।

बर्दिया राष्ट्रिय निकुञ्जले गैंडा अनुगमन सुरु गरेको छ ।गैडाको संख्या र अवस्था बुझ्न गैंडाको अनुगमन सुरु गरिएको हो । अनुगमनमा निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ ।

१५ दिनसम्म गैंडाको अनुगमन गर्ने निकुञ्ज प्रशासनले जनाएको छ । अनुगमन गर्न १० वटा हात्ती, निकुञ्ज सुरक्षाका लागि तैनाथ सेना, निकुञ्जका कर्मचारी लगायत राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली परिचालित भएको सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

निकुञ्जमा पछिल्लो गणना २०२२ का अनुसार ३८ वटा गैंडा रहेका छन् । बर्दिया निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पिउने पानी समस्याले भारतीय सेन्चुरीमा पुगेको आशंका गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img