spot_img
spot_img
spot_img

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

spot_img

रुपन्देही ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ। नेकपा एमालेको सामाजिक सेवा विभागका पदाधिकारीसँगको भेटघाटमा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका ऐन निर्माण, नीतिगत सुधार गर्न आफु क्रियाशिल रहेको बताउनु भएको हो ।
मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, बालअधिकार परिषद्, बाल संगठन सुधारका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

मन्त्री चौधरीले पार्टीले दिएको सुझाब अनुसार काम गर्दै अगाडी बढ्ने बताउनुभयो। एकिकृत सामाजिक विकास ऐनकालागि नागरिक समाजको प्रतिनिधि सहित विधेयक मस्यौदा समिति तत्कालै गठन गर्ने, नेपाल रेडक्रस सोसाइटीको ऐन निर्माण गर्न रेडक्रसकर्मीको प्रतिनिधित्व सहित विज्ञ समुहबाट मस्यौदा तयार गर्ने, सामाजिक संरक्षणका सवालहरुमा भएका ऐनहरुको संशोधन, ऐन नभएकाहरुकालागि नयाँ ऐन निर्माण गर्ने, राष्ट्रिय बालअधिकार परिषदलाई प्रभावकारी बनाउनका लागि बालबालिका सम्बन्धि ऐन २०७५ को संशोधन गर्ने, साथै राष्ट्रिय बालअधिकार परिषद ऐन जारी गर्ने सवालमा गृहकार्य भइरहेको पनि बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img