spot_img
spot_img
spot_img

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

spot_img

काठमाण्डौ ।

कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने किम एह–रा मस्त निदाउन महँगो रकम चुकाउछिन् । सन् ३० को दशकमा राम्रो तलव सुविधा पाउने उनी राम्रोसँग निदाउन धेरै पैसा खर्च गर्दैछिन् । यसको एकमात्र कारण कामको धपेडीले उनी कहिल्यै मस्तसँग निदाउन सकिनन् । ‘यो सबै एक स्लीप डिफ्यूजरबाट सुरु भयो, जसको लागत कोरियन मुद्रा १० हजार वोन भन्दा अलि बढी थियो । मेलाटोनिन गम्मी र म्याग्नेसियम ट्याब्लेट सहित धेरै सप्लिमेन्टहरूमा विस्तार गर्नु अघि अन्ततः ३ लाख वोन भन्दा बढी खर्च हुने आरामदायी सिरानेमै खर्च खरिद गर्नुपथ्र्यो ।’ उनी यसरी अनुभव सुनाउँछिन् ।

दक्षिण कोरियाली यी कामदार किमको खर्चले कोरियाको द्रुत बृद्धि भइरहेको निद्रा बजारलाई प्रतिबिम्बित गर्दछ । जुन सन् २०११ र २०२१ को बीचमा ६ गुणा बढेर ३ अर्ब वोन पुगेको थियो । केबी फाइनान्सियल समूहको थिंक ट्याङ्कले बुधबार जारी गरेको प्रतिवेदनमा आधारित यो विवरणले निन्द्रा बजारको वर्तमान अवस्था छर्लंग पार्दछ।

अनेक कारणले राम्रो निन्द्राबाट बञ्चित भएर चिडचिडाहट भोगिरहेका मानिसहरुका लागि आरामदायी ओछ्यान उपलव्ध गराउने व्यवसाय सञ्चालनमा छन्, जसलाई निन्द्रा बजार भनेर पनि चिनिन्छ । जहाँ आवश्यक ओखति समेत उपलव्ध हुन्छ ।
सन् २०२६ सम्ममा बजार ४० अर्ब वोनभन्दा बढी हुने अनुमान केबी फाइनान्सियले गरेको छ ।

यो तीव्र बजार वृद्धि कोरियालीहरूको  औसतको तुलनामा गहिरो निद्रा सुत्न नसकेको कारणबाट भएको हो । सन् २०२१ तथ्यांकलाई उद्धृत गर्दै थिंक ट्याङ्कले कोरियामा प्रति दिन एकजनाले औसत ४७१ मिनेट सुत्ने गरेको बताएको छ, जुन औसत भन्दा ३० मिनेट कम हो । कोरियालीहरूको निद्राको गुणस्तर पनि निकै कम रहेको छ ।

विश्वका प्रमुख अर्थतन्त्रहरू मध्ये एक कोरियाले मात्र जापान भन्दा राम्रो प्रदर्शन गर्यो जहाँ दैनिक ४४२ मिनेट सुत्न खर्च गरिन्छ ।

बेलायतका मानिसहरू प्रति दिन औसत ५०८ मिनेट निदाउँछन् भने अष्ट्रेलियालीहरू ५१२ मिनेट, अमेरिकी ५३१ मिनेट र चिनियाँ ५४१ मिनेट निदाउँछन् भनेर अनुसन्धानले देखाएको छ । स्वास्थ्य प्रविधि फर्म फिलिप्सले गरेको सर्वेक्षणमा १३ देशका १३ हजार उत्तरदाताहरूमध्ये आफ्नो निद्राबाट सन्तुष्ट हुनेहरूको संख्या औसत ५५ प्रतिशत छ । तर कोरियालीहरूका लागि मात्र यो संख्या ४१ प्रतिशत छ ।

तनावको कारण ५४ प्रतिशत निद्रामा बाधा, त्यसपछि ४० प्रतिशतमा सुत्ने अवस्था, ३७ प्रतिशतमा अनिद्रा र कामको दिनचर्या, ३६ प्रतिशतमा अत्यधिक फुर्सदको गतिविधि, ३२ प्रतिशतमा स्वास्थ्य अवस्था र २९ प्रतिशतमा घुर्ने बानीले निन्द्रा खलबलिएर गहिरो निन्द्रा पाउन नसकेको कोरियन टाईम्सले उल्लेख छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img