काठमाण्डौ ।
आज चैत्र शुक्ल अष्टमी । नवदुर्गाको पूजाआराधना गरी हिन्दुहरुले चैते दशैं पर्व मनाउदैछन । बासन्ती नवरात्रको आठौं दिन आज देशभर चैतेदशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । हनुमानढोकामा आज बली दिएर पूजा गर्ने चलन चलिआएको छ ।
यस्तै बासन्ती नवरात्रको नवमीको दिन त्रेता युगमा अयोध्यामा मर्यादा पुरुषेत्तम श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??