काठमाण्डौ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।
सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीति जटिल रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्नुभयो ।