spot_img
spot_img
spot_img

गुल्मीमा लागेको डढेलो नियन्त्रणमा, १०० बढी घरगोठ संगै ८३ चौपाया गोठमै जले

spot_img

गुल्मी ।

गुल्मीमा लागेको डढेलो नियन्त्रणमा आएको छ । गुल्मी जिल्ला भित्र आगलागीमा परि १८४ बढी घर,बङ्गला र गोठ संगै १४० चौपाया गोठमै जलेर मरेको प्रारम्भिक विवरण आएको छ ।

गुल्मीमा डढेलोबाट सबैभन्दा बढी क्षति भएको वन कार्यालयले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट ४१ वटा घर जलेका छन् भने ४८ वटा गोठ जलेका छन् । आगलागीमा ८३ वटा पशु चौपाया जलेका छन् ।

यसअघि वैशाख ३ गते डढेलोकै कारण गुल्मीमा एक जनाको मृत्यु भएको थियो । मुसिकोट नगरपालिका- १ तल्लो पौनीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरले बताए ।

गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ चौपाया गोठमै जलेर मरेका छन् ।

शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि इस्मा सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।

इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका- २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन ।

त्यसैगरी इस्मा गाउँपालिका- ४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेको छ । सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गाला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिए । आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन् ।

इस्मा गाउँपालिका- १ मा लागेको डढेलोका कारण ट्र्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका- ७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ । आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img