काठमाडौं ।
रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । साथै अदालतले अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आज बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा आलम र उनका भाईलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??