spot_img
spot_img
spot_img

गाजामा सामुहिक चिहान छानबिन हुनुपर्छ : राष्ट्रसंघ

spot_img

एजेन्सी ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुले गाजाको एक अस्पतालमा सामुहिक चिहान भेटिएको घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् ।

गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा तीन सय जनाको साुमहिक चिहान फेला परेपछि राष्ट्रसंघका मानव अधिकार हेर्ने अधिकारीले न्यायिक छानबिनको माग गरेका हुन् ।

हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजाको खान युनिसको नासेर अस्पताल परिसरबाट तीन सय बढी शव गाडिएको अवस्थामा फेला परेको हो ।

इजरायली सेनाले आक्रमणका क्रममा सो अस्पताल नियन्त्रणमा लिइ हत्या गरी शव गाडेको अनुमान गरिएको छ । गाडिएका शवहररुमा महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img