काठमाडौं ।
काठमाडौंमा वायु प्रदूषण झन बढ्दै गएको छ । वायु प्रदुषण बढेसङ्गै मास्कको प्रयोग गर्न चिकित्सकहरुले आग्रह गरेका छन । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो।
साथै विज्ञप्तिमा काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, यात्रा नगर्न अनुरोध गरिएको छ । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स– र्याकिङ्ग’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा रहेको छ । वायु प्रदूषणले गर्दा कम तौल भएको र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत समेत हुने विज्ञप्तिमा उल्लेख छ ।
गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।