spot_img
spot_img
spot_img

आईपीएलमा आज : दुई किङ्सबिच चेन्नईमा भिडन्त

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बुधबार चेन्नई सुपर किङ्सले पन्जाब किङ्सको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४९औँ खेल हो । यो सिजनको आईपीएलमा चेन्नई र पन्जाब पहिलो पटक भिड्न लागेका हुन् । आईपीएलको १७औँ संस्करणमा दुवै टोलीले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । बुधबारको खेलमा पराजित भए पन्जाबको अगाडि बढ्ने सम्भावना लगभग समाप्त हुनेछ ।

चेन्नईले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १० अंकसहित तालिकाको चौथो स्थानमा छ । पञ्जाबले यसअघि खेलेको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । पन्जाब ६ अंकसहित तालिकाको आठौँ स्थानमा छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img