spot_img
spot_img
spot_img

रुपन्देहीको देवदह ११ र १२ पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा

spot_img

बुटवल ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ र १२ लाई पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको छ । बिहिवार देवदह १२ स्थित सिक्टहन स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि देवदह ११ र १२ लाई संयुक्त रुपमा पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको हो । यसअघि देवदह नगरपालिकाको वडा नं १,२ र ३ घोषणा भइसकेको छ ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवा नगर घोषणा गर्ने गरी अगाडी बढेको बताउनुभयो । कुनै पनि अभियान घोषणा मात्र गरेर सफल नहुने बताउदै उपप्रमुख गुरुङले निरन्तर रुपमा निगरानी गरि घोषणा भएको कार्यक्रमको अनुगमन गरिने बताउनुभयो । उपप्रमुखको संयोजकत्वमा बनेको नगर प्रजनन समिति र सम्बन्धित वडाको वडा अध्यक्षको संयोजकत्वमा बनेको वडा प्रजनन समितिले पूर्ण संस्थागत प्रसुती युक्त वडामा भएका गतिविधिको अनुगमन गरिने उपप्रमुख गुरुङको भनाई थियो ।

कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, देवदह वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव, १२ का वडा अध्यक्ष डेग बहादुर सारु मगर, स्वास्थ्य शाखाका प्रमुख काशिनाथ बञ्जाडे लगाएतले आ- आफ्ना भनाई राख्नुभएको थियो।

देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारुको अध्यक्षता, सिक्टहन स्वास्थ्य चौकीका ईन्चार्ज रेसम बहादुर सुनारको स्वागत र देवदह नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी माया पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img