spot_img
spot_img
spot_img

रुपन्देहीको देवदहमा एडभान्स सिलाई कटाई तालिम सम्पन्न

spot_img

रुपन्देही ।

रुपन्देहीको देवदहमा एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत देवदह वडा नं ११ र १२ का महिला दिदिबहिनीहरुलाई ४५ दिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले महिलाहरूको क्षमता विकाससँगै उनिहरुमाे आर्यआर्जनमा समेत टेवा पुग्ने उद्देश्यले उक्त तालिम दिएको बताउनुभयो । उहाले स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारु, वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव, प्रशिक्षार्थी सुस्मा क्षेत्री र जमुना थारुले आ-आफ्नो भनाई राख्नु भएको थियो । देवदह ११ र १२ का गरी ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको कार्यक्रमको सहजीकरण अस्मिता भुसालले गर्नुभएको थियो।

कार्यक्रम देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, नगर उपप्रमुख संग महिला कार्यक्रम संचालन समितिका सदस्य हुमा रेग्मीको स्वागत र कर्मचारी सुरज पोख्रेलीको सञ्चालन सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img