spot_img
spot_img
spot_img

रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा

spot_img

काठमाण्डौ ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोल र समग्रमा ४–३ गोलले पराजित गर्न सफल भएको हो । खेलको ६८ औँ मिनेटमा ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गरेपछि जर्मन क्लब फाइनलतर्फ अग्रसर बनेको थियो । तर, ८१ औँ मिनेटमा सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेका जोसेलु नायक बनेपछि बायर्नको सपना चकनाचुर बन्यो ।

८८ औँ मिनेटमा बायर्नका गोलकिपर म्यानुअल नुयरको गल्तीको फाइदा उठाउँदै जोसेलुले खेल बराबरी गरे । दुई मिनेटपछि उनले एन्टोनियो रुडिगरको पासमा गोल गर्दै रियलको पुनरागमन पूरा गरे । खेल विवादरहित भने बन्न सकेन । इन्जुरी समयको १३ औँ मिनेटमा बायर्नका म्याथिस डी लिटले बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यसअघि नै अफसाइड करार गरे । टेलिभिजन रिप्लेमा रेफ्रीको उक्त निर्णय गलत देखिएको थियो ।

१४ पटकको युरोपियन च्याम्पियन रियलले अब १ जुनमा हुने फाइनल खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img