spot_img
spot_img
spot_img

केजरीवालले अदालतबाट पाए राहत, १ जुनसम्मका लागि अन्तरिम जमानत

spot_img

काठमाण्डौ ।

चुनावी प्रचारप्रसार तीव्र भइरहँदा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीबाल अरबिन्द केजरीवाललाई अदालतले केही राहत दिएको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार अन्तरिम जमानतको याचिकामा केजरीवालको पक्षमा फैसला गरेको हो । फैसला सुनाउँदै अदालतले एक जुनसम्मको लागि उनलाई अन्तरिम जमानत दिएको छ ।

जाँच एजेन्सी प्रवर्तन निदेशालय (ईडी)ले अरबिन्द केजरीवालको जमानत याचिकाको विरोध गरेको थियो । ईडीले चार्ज शिट दर्ता गराउँदै केजरीवाल र उनको पार्टी आम आदमी दल (आप)लाई घेर्ने योजना बनाएको थियो। ईडीले रक्सी घोटालाका मुख्य अभियुक्त नै केजरीवाल भएको बताएको छ ।

रक्सी घोटालामा ईडीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ । केही समय अघि सञ्ज सिंहलाई पनि जमानत दिइएको थियो । के कविताको जमानत मामिलामा सर्वोच्च अदालतले इडीलाई नोटिस जारी गर्दै २ हप्तामा जवाफ दिन भनेको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img