बुटवल ।
भारी वर्षाका कारण बुटवलका केही ठाउँ डुबानमा परेका छन् । भारी वर्षाले हाटबजारलाइन नजिकका रुपन्देही उद्योग संघको सचिवालय, राष्ट्रिय समाचार समिति र बस समितिको कार्यालयका लगायतका स्थानमा बाढी पसेको हो ।
सोह्र छत्तीस कुलोको नहर थुनिँदा बजार क्षेत्रमा फोहोर लेदोसहितको बाढी पसेर आउजाउमा असर पुर्याएको छ भने बुटवल कालिकानगरको न्यु होराइजन बोर्डिङ स्कुल परिसरमा बाढी पसेर जलमग्न भएको छ । बाढी पसेपछि विद्यालयले आज एक दिनका लागि पठन पाठन बन्द गरेको छ । फोहोरको लेदोले बजार क्षेत्र दुर्गन्धित भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??