काठमाण्डौ ।
नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । आज सोमबार दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बस्दै छ भने दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने काङ्ग्रेसले जनाएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्न भएकोबारे सरकार संसदीय छानबिन समिति बनाउन तयार नदेखिएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??