काठमाडौं ।
प्रतिनिधि सभाको आजको बैठक बिहिबारसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको बैठक स्थगित गरिएको हो । आज मंगलबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरू सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै बिरोध गरेका थिए ।
राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको उक्त बैठक कांग्रेसले अवरोध गरेको हो। कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??