spot_img
spot_img
spot_img

शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज डबल हेडर खेलिनेछ। आजको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । खेल बेलुका ७ः४५ बजेदेखि गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा हुनेछ । आज राजस्थानसँग अंक तालिकामा दोस्रो हुने मौका छ।

टोली १६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहने टोलीले फाइनल पुग्ने दुईवटा मौका पाउँछ। जबकि तेस्रो स्थानमा रहेको टोलीले फाइनलमा पुग्न २ खेल खेल्नुपर्नेछ ।

  • हेड टू हेड:

कोलकाता र राजस्थानबिच आईपीएलमा हालसम्म जम्मा २९ खेल खेलिएका छन्। जसमध्ये दुवै टोलीले १४–१४ ले जितेका थिए भने एउटा खेल भने नतिजाविहीन बनेको थियो । यी दुई टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । पहिलो खेलमा राजस्थान २ विकेटले विजयी भएको थियो । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img