काठमाण्डौ ।
चार धाम यात्राका लागि भीड थेगिनसक्नु भएपछि यात्रामा जानका लागि नाम दर्ता बन्द गरिएको छ । भीडलाई हेरेर मे ३१ सम्म अफलाइन दर्ता बन्द गरिएको छ । त्यसपछि भने तीर्थयात्रीहरूको घुइँचो हेरेर फैसला गरिने बताइएको छ । उत्तरखन्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले चार धाम यात्राबारे समीक्षा बैठक गरेका थिए ।
यात्रा सुरु भएको १० दिनमै २६ लाख भन्दा धेरै तीर्थयात्रीहरूले चार धामको यात्रा गरेका छन् भने यस क्रममा १७ तीर्थयात्रीहरूको मृत्यु भइसकेको छ ।
-एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??