काठमाण्डौ ।
भारतमा गर्मी गर्मीका कारण दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । सोमबार दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेको थियो । गत साता खपिन सक्नुको गर्मीपछि धेरै राज्यमा गर्मी बिदाको घोषणा भइसकेको छ । भारतीय मौसम विभागले यस साता राजधानी दिल्लीमा कडा गर्मी हुने भविष्यवाणी गरेको थियो ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा असर परेको वैज्ञानिकहरू बताउँछन् । लू को लहरको अवधि पहिलेको भन्दा बढेको र लू पनि पहिलाको भन्दा कठोर बन्दै गएको बताइएको छ । -एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??