इरानी राष्ट्रपति ईब्राहिम रईसि इब्राहिम रईसीलाई अन्तिम बिदाइ दिन हजारौँ जनताहरू सडकमा आएका छन् । हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको मृत्यु भएपछि सरकारले पाँच दिन शोकको घोषणा गरेको छ । रईसीको शवलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा गाडिनेछ । रईसीको अन्तिम बिदाइका लागि सरकारले कयौँ कार्यक्रम गर्दैछ । पहिलो कार्यक्रम उत्तर–पश्चिम सहर तबरिजमा भइरहेको छ ।
रईसी चढेको हेलिकप्टर यही दुर्घटनाग्रस्त भएको थियो । यसपछि उनको शवलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने कोम प्रान्तमा लगिनेछ । इरानले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । रईसीको अन्त्येष्टि कार्यक्रमको पहिलो दिनका केही दृश्यहरू यस्ता छन् । -एजेन्सी