spot_img
spot_img
spot_img

भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

spot_img

काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । उक्त विश्वकप लागि तयारी पारिएको अमेरिकाको न्यू योर्कस्थित ‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ को निर्माण कार्य पुरा भइसकेको छ ।

उक्त स्टेडियमको औपचारिक उद्घाटन पनि भइसकेको छ । त्यो रंगशालामा हालसम्म कुनै खेल खेलिएको छैन । तर, औपचारिक रुपमा विश्वकप सुरु हुनुअघि नै उक्त रंगशालामा अभ्यास खेल खेलिने भएको छ । स्थानीय आयोजकले जनाए अनुसार, विश्वकपअघि उक्त रंगशालामा भारत र बंगलादेशबिचको अभ्यास खेल खेलिने छ । भारत र बंगलादेशबिचको अभ्यास खेल जुन १ तारिखमा खेलिने छ ।

भारत र बंगलादेशबिचको अभ्यास खेलका क्रममा दर्शकका लागि पनि रंगशाला खुला गरिने आयोजकले जनाएको छ । ‘भारत र बंगलादेशबिचको अभ्यास खेलका क्रममा हामी दर्शकलाई स्वागत गर्न आतुर छौँ,’ टी–२० विश्वकपका प्रमुख कार्यकारी अधिकृत ब्रेट जोन्सले भनेका छन् ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img