काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले महशुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । आज बुधबार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले नागरिकले महसुस गर्ने गरि सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुमा बढी जोड दिन पनि निर्देशन गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??