spot_img
spot_img
spot_img

आईपीएलको दोस्रो क्वालिफायर आज फाइनलमा पुग्न राजस्थान र हैदराबादबिच प्रतिस्पर्धा

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा दोस्रो क्वालिफायर खेल आज (शुक्रबार) खेलिँदै छ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच भिडन्त हुनेछ । खेल चेन्नईस्थित एम. ए. चिदम्बर स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । सनराइजर्स हैदराबाद पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न आइपुगेको हो ।

पहिलो क्वालिफयार खेलमा विजयी टोली कोलकाता भने सिधै फाइनलमा पुगिसकेको छ । अर्कोतिर, राजस्थान रोयल्सले एलिमिनेटर भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफारमा पुगेको हो । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा कोलकातासँग भिडन्त गर्नेछ ।

चौथो पटक हैदराबादको क्वालिफायर–२ यात्रा

इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदराबादले चौथो पटक क्वालिफायर–२ मा भिडन्त गर्न लागेको हो । हैदराबादले यसअघि क्वालिफायर–२ मा खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

सनराइजर्स हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो । समग्रमा हैदराबाद हालसम्म सातौ पटक आईपीएलको प्ले–अफ चरणमा पुगेको हो । हैदराबाद सन् २०१३ मा पहिलो पटक प्ले–अफ चरणमा पुगेको थियो । आईपीएलमा हैदराबादको त्यो ‘डेब्यू’ सहभागिता थियो ।

हैदराबाद सन् २०२० पछि पहिलो पटक प्ले–अफ चरणमा पुगेको हो । हैदराबाद यसअघि दुईपटक फाइनलमा पुग्न सफल भएको छ । सन् २०१८ को फाइनलमा भने हैदराबाद पराजित भएको थियो ।

तेस्रो पटक राजस्थानको क्वालिफायर–२ यात्रा

राजस्थान रोयल्सले तेस्रो पटक आईपीएलको क्वालिफायर–२ खेल्न लागेको हो । राजस्यान यसअघि खेलिएको क्वालिफायर चरणको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । राजस्थान आईपीएलको पहिलो सिजनको विजेता पनि हो ।

सन् २०२२ को सिजनमा भने राजस्थान फाइनलमा पुगेर पराजित भएको थियो । समग्रमा राजस्थान छैटौँ पटक आईपीएलको प्ले–अफ चरणमा पुगेको हो । राजस्थान रोयल्सले सन् २०२२ मा क्वालिफायर चरणमा बैंगलुरुलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img