spot_img
spot_img
spot_img

चारधाम यात्रामा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

spot_img

काठमाण्डौ ।

चारधाम यात्रा सुरु भएयता अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ ।  सञ्चारमाध्यामहरुका अनुसार बद्रीनाथमा १४, केदारनाथमा २३, गंगोत्रीमा ३ र यमुनोत्रीमा १२ जना भक्तजनको ज्यान गएको हाे । मे १० मा भारतले चारधाम यात्रा चारधाम यात्रा खुला गरेको थियो । यात्रा खुलाइए यता नै तीर्थयात्रीहरूको भिड थेगिनसक्नु भएको भन्दै केही दिनअघि मात्रै उत्तराखण्ड प्रदेशले चारधाम यात्राका लागि यो महिनाको अन्त्यसम्मका लागि नाम दर्ता प्रक्रिया बन्द गरेको थियो ।

हृदयाघातका कारण बद्रीनाथ धाममा दर्शन गर्न आएका आठ जना भक्तजनको मृत्यु भएको बताइएको छ । गएको १० वर्षमा केदारनाथमा ३५० तीर्थयात्रीको मृत्यु भएको आँकडा छ । यी मध्ये धेरैको मृत्युको कारण हृदयाघात थियो । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img