spot_img
spot_img
spot_img

गृहमन्त्री लामिछानेलाई निलम्बको माग गर्दै सर्वोच्चमा रिट तयार

spot_img

काठमाण्डौ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमै रहेर उनीमाथि लागेका आरोपहरुमा अनुचित प्रभाव पार्न सक्ने भन्दै लामिछानेलाई निलम्वन गर्न माग गरिएको हो।

रिटमा आगामी १६ गते पेशी तोकिएको छ । लामीछानले पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको भन्ने आरोप लागेको छ । गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकुल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीबाट निलम्बन गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम आदेश माग गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img