spot_img
spot_img
spot_img

जापानमा नेपालबाट घिउ निर्यात सुरु

spot_img

काठमाण्डौ ।

विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात हुन थालेको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिजले घ्यू जापान निर्यात गर्न थालेको हो ।

सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको मन्त्रालयका सचिव लेखनाथ दाहालले बताउनुभएको छ।उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार केजी घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको उद्योगका सञ्चालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य मनोज कुमार यादवले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img