spot_img
spot_img
spot_img

रेमल चक्रवातका कारण भारतमा एक जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

भारतमा रेमल चक्रवात रेमल चक्रवातको असर कम हुन थालेको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)का डीआईजी मोहसिन शाहिदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार चक्रवात गम्भीर श्रेणीबाट बाहिर आएको हो । ‘पहिले ११० देखि १२० किलोमिटर प्रतिघण्टा रहेको आँधीको गति अहिले घटेर ६० देखि ७० किलोमिटर प्रतिघण्टा पुगेको छ, यो ठुलो राहत हो । आज साँझसम्म यसको प्रभाव अझै कम हुने अपेक्षा गरिएको छ,’ शहिदीले भनेका छन् ।

रेमल चक्रवातका कारण कोलकातामा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको घटना सार्वजनिक भएको छ । पश्चिम बंगालका प्रमुख क्षेत्रहरूमा एनडीआरएफको १४ टोली तैनाथ गरिएको छ र एसडीआरएफको छ टोली पनि तिनीहरूलाई सहयोग गर्न तैनाथ गरिएको छ । पश्चिम बंगाल बाहेक त्रिपुरामा पनि सावधानीका रूपमा एउटा टोली तैनाथ गरिएको बताइएको छ । रेमाल चक्रवात आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । भारतीय मौसम विभागले पश्चिम बंगाल र उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी दिएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img