spot_img
spot_img
spot_img

गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षक बनाउने तयारी

spot_img

काठमाण्डौ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) यतिबेला राष्ट्रिय टोलीका लागि नयाँ प्रमुख प्रशिक्षकको खोजीमा छ । बीसीसीआईले प्रमुख प्रशिक्षक पदका लागि आवेदन पनि माग गरिसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, बीसीसीआईले भारतीय टोलीका पूर्वखेलाडी गौतम गम्भीरलाई नयाँ प्रशिक्षक बनाउने तयारी गरिरहेको छ । गौतम गम्भीर आफ्नो समयका प्रभावशाली खेलाडी हुन् ।

उनी भारतलाई विश्वकप जिताउने टोलीका सदस्य पनि हुन् । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनी कोलकाता नाइट राइडर्सका मेन्टर पनि थिए । आईपीएलको यो सिजनको उपाधि पनि कोलकाताले नै जितेको थियो ।

राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनाउने विषयलाई लिएर बीसीसीआईका पदाधिकारीहरूले गम्भीरसँग विभिन्न चरणमा छलफल समेत गरिसकेको समाचारमा जनाइएको छ । यद्यपि, बीसीसीआईले आधिकारिक रूपमा यस विषयमा केही बताएको छैन ।

कोलकाता नाइट राइडर्समा आबद्ध हुनुअघि गम्भीर लखनउ सुपर जाइन्ट्सका मेन्टर थिए । त्यतिबेला लखनउले पनि आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेको थियो। गम्भीरले भारतका लागि एक सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै कुल पाँच हजार दुई सय ३८ रन बनाएका छन् ।

गौतम गम्भीरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ११ शतक र ३४ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले ५८ टेस्टमा कुल चार हजार एक सय ५४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा पनि उनले नौ शतक र २२ वटा अर्धशतक बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले दोहोरो शतक पनि प्रहार गरेका छन्। उनले देशका लागि ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल नौ सय ३२ रन बनाएका छन् । यस क्रममा उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । अहिले राहुल द्रबिड भारतीय टोलीका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा भारतले टी–२० विश्वकपको नवौँ संस्करण खेल्दैछ । टी–२० विश्वकपको नवौँ संस्करण सकिएलगत्तै उनको कार्यकाल पनि समाप्त हुँदैछ ।

– एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img