spot_img
spot_img
spot_img

दिल्लीमा पानी खेर फाल्नेलाई २ हजार जरिवाना

spot_img

काठमाण्डौ ।

भारतको राजधानी नयाँ दिल्लीमा नयाँ दिल्लीमा पानी खेर फाल्न नदिन जरिवाना लगाइने भएको छ । दिल्ली सरकारका जलमन्त्री आतिशीले दिल्ली जल बोर्डका सीईओलाई पत्र लेखेकी छिन् ।

मन्त्री आतिशीले निर्देशमा २०० वटा टोली बनाउन भनिएको छ । पानीले गोडा धुन, पानीको ट्यांकी ओभरफ्लो हुने, घरेलु पानीको कनेक्शनलाई व्यवसायीक प्रयोजनमा चलाउने आदिलाई पानीको बरबादी मानिनेछ। पानी खेर फ्याक्नेलाई २ हजार रुपयाँ जरिवाना लगाउने बताइएको छ । ‘पानीको बरबादी रोक्न यी टोलीहरू नियुक्त गरिएको हो,’ आतिशीले भनेकी छिन्, ‘गाडी धुने र ट्याङ्की ओभरफ्लो गर्दा पानीको बरबादी भएमा जरिवाना तिराइनेछ । निर्माण वा व्यापारिक स्थानमा अवैध जडानहरू पनि विच्छेद गरिनेछ ।’

चरम गर्मीमा हरियाणाले दिल्लीको हिस्साको पानी नछोडेको आरोप पनि उनले लगाएकी छन् । ‘यस्तो अवस्थामा पानीको समुचित प्रयोग आवश्यक भएको छ, त्यसैले कडा कदम चालिएको छ,’ उनको भनाइ छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img