काठमाण्डौ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । आज बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रको आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हाजिर जमानीमा हिरासतबाट मुक्त गरेको हो ।
सिरोहिया केही दिन अघि किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??