काठमाण्डौ ।
गर्मी सहनै नसक्ने भएपछि मानिसहरू राहतका लागि जुस र चिसो पेयतिर लाग्छन् । जुसमा पनि धेरैको रोजाई सस्तो हुने भएकोले उखु नै रोज्छन् । यसैबिच भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले उखुको जुस उखुको जुसबारे नयाँ चेतावनी जारी गरेको छ । उखुको जुसमा उच्च मात्रामा चिनी पाइने भन्दै स्वास्थ्यको दृष्टिले कम उखुको जुस खान भनिएको छ ।
स्वस्थबद्र्धक खानपिन व्यवहारलाई बढवा दिन हालै आईसीएमआरले राष्ट्रिय पोषण संस्थान (निन)सँग मिलेर १७ ओटा नयाँ निर्देशिका जारी गरेको थियो । उखुको जुसमा गुलियोको मात्रा अत्यधिक मात्रामा हुने निर्देशिकामा भनिएको छ । हरेक सय मिलिग्राम उखुको जुसमा १३ देखि १५ ग्राम चिनी हुने बताइएका छ । गर्मीको समयमा उखुको जुस निकै खाइने भएपनि यसमा भएको चिनीको उच्च मात्राका कारण यो अस्वस्थकर रहेको र खपत कम गर्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
-एजेन्सी