काठमाण्डौ ।
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन नेपालमा विभिन्न कार्यक्रम गरि मनाईदै छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेपछि हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउन थालिएको हो ।
संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकहरुको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन, तर व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन भने अझै सकेको छैन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??