spot_img
spot_img
spot_img

मिस्टर बिस्टले तोडे टी-सिरिजको कीर्तिमान

spot_img

काठमाण्डौ ।

२६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ ​​मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख सब्सक्राइबर पुगेको हो । यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी–सिरिज को युट्युब खातामा २६ करोड ६० लाख सब्सक्राइबर छन्। यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भूषण कुमार हुन् ।

जिम्मीले आइतबार ट्वीट गर्दै आफ्नो उपलब्धिको जानकारी दिएका छन् । यो सेयर गर्दै उनले ट्वीट गरे- ‘६ वर्षपछि मैले अन्ततः प्वीडीपाईको बदला लिएको छु।’

प्वीडीपाई एक स्विडेनी युट्युबर थिए जो एक पटक जिम्मीको पार्टनर थिए। एक समय थियो जब उनले टी-सिरिजको सबैभन्दा धेरै सब्सक्राइब च्यानल भएको रेकर्ड पनि तोडेका थिए।

टी-सिरिजले २०१९ देखि सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको रूपमा युट्युबको शासन गरिरहेको थियो तर ‘मिस्टर बिस्ट’ ले यस वर्षको सुरुमा प्वीडीपाईको बदला लिने वाचा गरेका थिए ।

‘मिस्टर बिस्ट’ आफ्नो रमाइलो भिडियोहरूका लागि परिचित छन्। मिस्टर बिस्टले बिस्ट फिलान्थ्रोपी नामक एनजीओ पनि खोलेका छन्, जसको माध्यमबाट उनले आफ्नो परिवार, साथीहरू, फ्यानहरू र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्छन्।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img