spot_img
spot_img
spot_img

कृत्रिम गुलियोले हर्ट अट्याकको खतरा!

spot_img

काठमाण्डौ ।

दुई महिना अघि भारतको पन्जाबस्थित पटियालामा एक १० बर्षिय बालीकाको मृत्यु भयो । मा एक १० वर्षीय बालिकाको मृत्यु भयो उनको मृत्युको कारण जन्मदिनको केक थियो । कृत्रिम गुलियोका कारण मृत्यु भएको जाँचबाट थाहा भएको थियो । चिनीको विकल्पका रूपमा प्रयोग गरिने कृत्रिम गुलियो जाइलिटलको हर्ट अट्याक, स्ट्रोक र मुटुसँग सम्बन्धित रोगसँग प्रत्यक्ष सम्बन्ध रहेको युरोपियन हार्ट जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ । यसको निरन्तर प्रयोगले भविष्यमा मुटु रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ ।

गएको वर्ष अर्थात् २०२३ को जुलाईमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिनीको विकल्पका रूपमा प्रयोग हुने कृत्रिम गुलियो एस्पार्टमले टाइप–२  मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम बढाउन सक्ने चेतावनी दिएको थियो । डब्ल्यूएचओ र इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)को संयुक्त अध्ययनपछि एस्पार्टमलाई क्यान्सरको श्रेणीमा राखिएको थियो । यसको मतलब एस्पार्टमले क्यान्सर पनि निम्त्याउन सक्छ । विकल्पको रूपमा प्रयोग भइरहेको सबै प्रकारका कृत्रिम गुलियोबारे पनि चेतावनी दिइएको थियो ।

आजको यस लेखमा हामीहरू कृत्रिम गुलियो र मुटुको स्वास्थ्य बिच के सम्बन्ध छ ? के कृत्रिम गुलियोले क्यान्सर पनि निम्त्याउँछ ?  यसको प्रयोगले कुन–कुन रोगको जोखिम बढ्न सक्छ ? आदि प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ ।

डब्ल्यूएचओका अनुसार विश्वभर ४२ करोडभन्दा धेरै मानिस मधुमेह पीडित छन् । अधिकांश मानिसहरू मिठासका लागि कृत्रिम गुलियोलाई सुरक्षित ठानेर प्रयोग गर्छन् । विश्वभर कृत्रिम गुलियोको प्रयोग बढ्दो छ । नेपालमा चिनीको विकल्पको रूपमा कृत्रिम गुलियोको प्रयोग बढिरहेको छ । स्टेटिष्टामा प्रकाशित एक अध्ययनअनुसार विश्वभर एक वर्षमा करिब १२० करोड केजी कृत्रिम गुलियो प्रयोग भइरहेको छ । यो आगामी ४ वर्षमा बढेर सन् २०२८ सम्ममा १४५ करोड किलोग्राम पुग्न सक्ने देखिएको छ । कृत्रिम गुलियोको बढ्दो प्रयोगबारे विशेषज्ञहरू चिन्तित छन् ।

कुन–कुन खानेकुरामा हालिएको हुन्छ कृत्रिम मिठाई ?

कयौँ पटक मधुमेहका बिरामीहरूले चिनी हालेको चियाको लोभ छाड्न सक्दैनन् । चिया गुलियो बनाउन सुगर फ्री ट्याब्लेट र क्युब्स प्रयोग गर्छन् । तर यी सुगर फ्री ट्याब्लेटहरू कृत्रिम गुलियोबाट बनाइको हुन्छ । बजारमा पाइने प्याकेज जुस, चकलेट, जाम, केक, चुइङ्गम, केचअप, शुगर फ्रि बिस्कुट लगायत अधिकांश प्याकेज खानेकुरामा कृत्रिम मिठासको प्रयोग हुने गरेको छ ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img