spot_img
spot_img
spot_img

शेयर बजार आज झिनो अंकले वृद्धि

spot_img

काठमाण्डौ ।

शेयर बजारमा आज सोमबार झिनो अंकको सुधार आएको छ। दिनभरको उतार बढावका बीच बजार परिसूचक नेप्से ३ दशमलव २१ अंक बढेर २ हजार ६६ विन्दुमा पुगेको हो ।

सोमबार ३२२ स्टकको एक करोड सात लाख सात हजार कित्ता शेयर ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँमा खरिदबिक्री भएको छ भने नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ६ वटा उपसमूहको परिसूचक बढेको छ। यस्तै ७ वटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमका आधारमा आज माइक्रो फाइनान्सको सर्वाधिक २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड बढीको शेयर कारोबार भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img