spot_img
spot_img
spot_img

भारतमा पनि ‘एक देश एक चार्जर’ लागू हुन सक्ने

spot_img

काठमाण्डौ ।

यूरोपेली संघ (ईयू)मा जस्तै भारतभारतमा पनि एक चार्जर  नियम लागू हुन सक्ने बताइएको छ । ई–वेष्ट कम गर्न यस्तो कदम उठाउन लागिएको हो । स्थानीय सञ्चार माध्यममा छापिएका समाचारलाई पत्याउने हो भने सरकारले कमन चार्जिङ पोर्ट नियम लागू गर्नेबारे विचार गरिरहेको छ । यो नियम लागू भएपछि सबै स्मार्टफोन र ट्याबलेटका लागि एकै खालको चार्जिङपोर्ट जरुरी हुनेछ ।

सरकारले टाइप–सी चार्जिङ पोर्टलाई कमन बनाउन सक्ने बताइएको छ । सन् २०२२ मा ईयूले यस्तो नियम पारित गरेको थियो । त्यसपछि एप्पलले पनि त्यहाँ आफ्ना उपकरणमा टाइप–सी चार्जिङ पोर्ट दिनु परेको थियो । भारत सरकारले यो वर्षको अन्त्यसम्ममा यसबारे घोषणा गर्न सक्ने बताइएको छ । खबरका अनुसार त सरकारले ल्यापटपमा पनि टाइप–सी चार्जर अनिवार्य बनाउन सक्नेछ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img